४३ स्थान जनप्रतिनिधि विहिन : वैशाखभित्रै उपनिर्वाचन गराउने तयारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन २८, मंगलबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फागुन २८, काठमाडौँ । सरकार र निर्वाचन आयोगबीच वैशाख अन्तिम साताभित्र विभिन्न तहमा रिक्त ४३ स्थानमा उपनिर्वाचन गर्नेगरी छलफल सुरु भएको छ ।

संघीय संसदको बैठकले उपनिर्वाचन गराउन बाधा गरिरहेका कानुन एकमुष्ट संशोधन गरेर बाटो खुला गरे वैशाख अन्तिम साताभित्र उपनिर्वाचन गराउन सकिनेबारे छलफल भएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले रिक्त स्थानमा उपनिर्वाचनका लागि आयोगले सरकारसँग दुई महिनाको समय माग गरेको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस