‘सिके राउतको हस्ताक्षर भएको धारणा मात्र आधिकारिक’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन २८, मंगलबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फागुन २८, काठमाडौँ । सिके राउतले आफ्नो हस्तक्षर भएको सूचना मात्र आधिकारिक भएको जनाएका छन् ।

उनको आधिकारिक फेसबुक एकाउण्डमा सोमबार सार्वजनिक गरिएको जानकारी अनुसार राउत अझै पनि सामाजिक सञ्जाल र फोनको पहुँचभन्दा टाढा रहेको भन्दै हस्ताक्षर भएको धारणामा मात्र विश्वास गर्न आग्रह गरेका हुन् ।

फेसबुक तथा ट्टीटर एकाउन्ट सचिवालयबाट सञ्चालन भइरहेकाले त्यहाँँबाट सम्प्रेसित सबै जानकारीलाई आधिकारिक नमान्न आग्रह गरिएको हो । उनको सचिवालयले भनेको छ,

‘डा. सीके राउत अहिले पनि आफ्नो सामाजिक संजालको अकाउन्टहरु तथा फोनको पहुँच भन्दा बाहिरै हुनुहुन्छ। शीघ्र नै उहाँ आफ्नो फोन सुचारु गर्ने प्रयास गर्दै हुनुहुन्छ। डा. सी. के. राउतको फेसबुक पेज र ट्वीटर एकाउन्ट उहाँको सहयोगीसहितको टीमले चलाउने हो (त्यही भएर उहाँ जेलमा भएको बेलामा पनि चलिराख्ने हो)। यसमा अबदेखि आउने पोस्टहरुमा ’सीके राउत CK Raut सिग्नेचर भएका पोस्टहरु मात्रै उहाँको आफ्नो विचाररपोस्ट हो।’

शुक्रबार ११ बुँदे सहमति गर्दै स्वतन्त्र मधेस राज्य बनाउने एजेण्डा परित्याग गरेको घोषणा गरेका राउतले जनअभिमतलाई जनमत संग्रहको रुपमा अर्थ्याएपछि आशंका पैदा गरेको थियो ।

यो सूचना जारी गरेपछि पनि उनको फेसबुक पेजबाट स्वतन्त्र मधेसको पक्षमा भएका गतिविधिको फोटो पोष्ट गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस