फागुन २९, काठमाडौँ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधिलाई आपराधिक ठहर गर्दै त्यसलाई नियन्त्रण गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापाले चन्द समूहका गतिविधि आपराधिक भएकाले नियन्त्रण गर्नुपर्ने ठाडो प्रस्ताव लगेका थिए।
उक्त समूह राजनीतिक उद्देश्यभन्दा हिंसात्मक र आपराधिक ढंगले अघि वढेकाले कानुनी प्रक्रियाबाट नियन्त्रण गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको हो।
एक मन्त्रीका अनुसार अब प्रहरीले चन्द समूहका गतिविधिमा विशेष निगरानी र कारबाही अघि वढाउने छ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विप्लव नेतृत्वको पार्टीले राजनीतिक चरित्र गुमाउँदै गएकाले त्यसलाई नियन्त्रण गर्नु राज्यको कर्तव्य भएको बताए।