शक्ति सञ्चयमा नेकपा शिर्ष तहका नेता : एकता प्रकियामा ताल्चा लाग्दै !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ चैत्र ९, शनिबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

टिप्पणी

चैत्र ९,काठमाडौँ । नेकपा शिर्ष तहका नेता यतिबेला आफ्नो व्यक्तिगत शक्ति सञ्चयमा लागेका छन । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले शुक्रबार भैरहवा पुगेर पार्टीको स्थानीय तहको एकता आकस्मिक रूपमा हुने अभिव्यक्ति दिए । चुनावी गठबन्धन र एकता घोषणा भएजसरी नै आकस्मिक रूपमा तल्लो तहमा पनि हुने एकता हुने ओलीको भनाइ थियो ।

यतिबेला नेकपा नेताहरुमा आफ्नो गुटलाई कसरी बलियो बनाउने भन्नेमा भित्रभित्रै कसरत भईरहेको छ । उनिहरु पाटीए एकता टुङ्गामा नपुग्दै आफुलाई कुनै एक समुहको निििर्वकल्प नेताको रुपमा उभ्याउन चाहन्छन । तल तहका नेताहरुमा अहिले पार्टीको निति विधि र प्रक्रिया भन्दा पनि आफ्नो पहुँच बढाउन उद्यत छन । यसले पार्टी एकतामा ताल्चा लाग्ने स्थानीय तहका नेताहरु नै बताउछन । ‘शिर्ष तहमै नेताहरु शक्ति सञ्चयमा लागेपछि तल्लो तहमा त्यसको सिको गर्नु सामान्य हो ।’ एक नेताले भने ।

नेकपाका नेता नारायणकाजी श्रेष्ठ तल्लो तहसम्म नै पार्टी एकताको खाका तयार भईरहेको बताउछन । उनले ‘दुईजना प्रमुख नेताहरुले पार्टी एकतामा छलफल गरिरहनु भएको छ, त्यो छलफल सकारात्मक रूपले अघि बढिरहेको छ।’ भनेका छन । यद्यपी नेता श्रेष्ठले भनेजस्तो छलफल कयौँ पटक बसिसकेको छ । यसको नतिजा आउन सकेको छैन । जिल्ला तह र स्थानीय तहमा पार्टी एकताकै सवालमा पनि नेताहरु को आफ्नो ? को अर्को भनेर नाम हेर्न थाल्नुले पनि पार्टी एकतामा सकस देखिएको छ ।

केही दिन अघि बरिष्ठ नेता माधव कुमार नेताले पार्टी एकतामा नेता तथा कार्यकर्ताको सम्मानजनक पद नदिइए र एकलौटी गरेर अघि बढे समानान्तर कमिटी बन्न सक्छ भनेर चेतावनी दिनुले पनि पार्टी एकता प्रक्रिया टुङ्गीने कुरा नेताहरुको गफ हो भन्ने अड्कलबाजी गर्न गाह्रो हुँदैन ।

एकता कहिले टुंगिन्छ भन्ने कुनै ठोस समयसीमा भने छैन । १० महिनादेखि नेकपाका शीर्ष नेता ‘आज भोलि’ भन्दै एकताको समय लम्बाइरहेका छन् । किन त ? दोस्रो तहका नेताहरूका अनुसार एकतामा शीर्ष नेताकै स्वार्थ जेलिएका छन् । त्यसैले एकताको लहर तल्लो तहसम्म आइपुगेको छैन ।

‘तल्लो तहमा होइन, माथिका नेतामै समस्या छ, उहाँहरू अधिकार आफैंमा केन्द्रित गर्न चाहनुहुन्छ, सामूहिक नेतृत्व प्रणालीलाई बिर्संदै जानुभएको छ,’ पञ्चायतकालदेखि पार्टी सञ्चालन प्रक्रियालाई नजिकबाट नियालिरहेका स्थायी समिति सदस्य अमृत बोहोराले भने, ‘सामूहिक नेतृत्वलाई स्थापित गर्नेभन्दा व्यक्तिमा बढी अधिकार केन्द्रित गर्ने खालको प्रवृत्ति देखिँदै छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस