चैत्र १२,काठमाडौँ । उपचारपछि नेता सिटौला आज घर फर्किएको उनका सहयोगी प्रेम भट्टराईले जानकारी दिए । शुुक्रबार साँझ अचानक स्वास्थ्यमा गडबडी भएपछि उनी अस्पताल भर्ना भएका थिए ।
उनको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचाप समेत घटेकाले सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गरिएको थियो । नेता सिटौलालाई रगतको मात्रा बढाउन शुक्रबार र शनिबार रगतसमेत दिइएको थियो । उनले अस्पतालबाट डिस्चार्ज हुने बेलामा ह्याम्स अस्पताललाई धन्यवाद दिएका छन ।