चैत १३, काठमाडौँ । निर्वाचन आयोगले दल दर्ता नगरेको भन्दै विवेकशील नेपाली दल न्याय माग्दै सर्वोच्च अदालतको ढोका ढक्ढक्याउन पुगेको छ ।
विवेकशीलले बुधबार सर्वोच्चमा आयोगविरुद्ध रिट दायर गरेको हो ।
विज्ञप्ति जारी गर्दैै विवेकशीलले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले दिएको अधिकारको उपयोग गर्दै आवश्यक विधि प्रक्रिया पूरा गरेर निर्वाचन आयोगमा गत पुस २७ गते दल दर्ताका लागि निवेदन दिएपनि आयोगले फागुन २८ गते दल दर्ता नहुने बताएको जनाएको छ ।
सो निर्णय अन्यायपूर्ण र कानुनविपरीत रहेको भन्दै विवेकशीलले यसको विरोधसमेत गरेको छ ।
निर्वाचन आयोगले २०७४ भदौमा राखेको भनेको एक अपुरो अभिलेखका आधारमा ३३ जनालाईमात्र आधिकारिक केन्द्रीय सदस्यहरु मानेको र त्यसबारेमा केन्द्रीय समितिमा सोधपुछ नगरेको भन्दै विवेकशीलले आश्चर्य लागेको जनाएको छ ।