चैत १४, काठमाडौँ । पक्राउ परेका विप्लव नेतृत्वको नेकपा नेता हेमन्तप्रकाश ओली (सुदर्शन) पाँच रोगका बिरामी भएको उनकी पत्नीले बताएकी छन्।
पतिको स्वास्थ्य समस्याबारे चिन्ता व्यक्त गर्दै पन्ति अम्बिका चन्दले भनिन्, ‘सुगर, प्रेसर, युरिक एसिड, क्लोस्टोरल र प्रोस्टेडका औषधि खाइरहनुभएको थियो।’
चन्दका अनुसार ओलीले सुगरको आठ वर्षदेखि र प्रेसरको १२ वर्षदेखि नियमित औषधि खाइरहेका थिए।
ओलीले युरिक एसिड, क्लोस्टोरल र प्रोस्टेडको डेढ वर्षदेखि औषधि खाइरहेका थिए।
‘उहाँले कुन औषधिपछि कुन खाने भन्ने कुरा नै विर्सनुहुन्छ, मैले नै सम्झाउँथेँ,’ उनले भनिन्, ‘पक्राउपछि के हुने हो चिन्ता लागिरहेको छ।’