चैत्र १२,काठमाडौँ । भारतीय विदेश सचिव विजय केशव गोखले २ दिने नेपाल भ्रमणका लागि आज नेपाल आउँदै छन् ।
यही चैत १५ र १६ गते काठमाडौंमा हुन लागेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा गोखले नेपाल आउन लागेका हुन् ।
नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्टमन्त्री प्रदीप ज्ञवाली र अन्य शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका अनुसार, गोखलेले भारतीय सहयोगका कार्यक्रम र दुईपक्षीय हितबारे पनि नेपाली अधिकारीहरुसँग छलफल गर्ने तय भएको छ ।
भारत र पाकिस्तानबीच हवाई आक्रमणबाट तनावको स्थिति सिर्जना भएपछि भारतीय अधिकारीबाट नेपालको भ्रमण हुन लागेको पहिलो पटक हो ।