चैत्र १९,काठमाडौँ । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका दिनेशकुमार थपलियाविरुद्ध उजुरी परेको छ । थपलिया संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका बहालवाला सचिव हुँदै प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले थपलिया बहालवाला रहदै संबैधानिक आयोगजस्तो ठाँउमा प्रमुखको सिफारिस गरेका भन्दै आलोचना गरेको छ ।
यस्तै महिला आयोगको अध्यक्षमा सिफारिस भएकी विष्णुमाया ओझाविरुद्ध पनि उजुरी आव्हान गरिएको छ ।