भारतीय चुनावको प्रभाव नेपाली भान्सामा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ बैशाख ३१, मंगलबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

बैशाख ३१, काठमाडौँ । भारतमा जारी लोकसभा चुनावको प्रभाव नेपालको भान्सासम्म परेको छ।

विभिन्न राज्यमा छुट्टाछुट्टै भएको चुनावका लागि नेपाल भारतबीचको नाका बन्द हुँदा तरकारी आयात रोकिएकाले मूल्य शत्प्रतिशत्देखि १५८ प्रतिशत सम्मले बढेको छ।

भारतीय बजारबाट ल्याइने स्याउ लगायतका फलफूलको मूल्यसमेत आकासिएको छ।

गोतभेडाको मूल्य २८२ प्रतिशतसम्म बढेको छ। भारतबाट आउने अन्य तरकारीको मूल्यसमेत त्यहीअनुसार बढेको छ।

‘यो सिजनमा नेपालमा तरकारीको उत्पादन कम हुने समय हो, भारतीय तरकारीमा अलि बढी निर्भर हुने समय भएकाले पनि आवागमन बन्द हुँदा मूल्य बढेको छ,’ नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भने।

ताजा अपडेट

खोजी गर्नुहोस