विकास बजेटले गाडी किन्दै संसद

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ जेष्ठ ३, शुक्रबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

जेठ ३, काठमाडौँ । अर्थ मन्त्रालयले विकास खर्चका लागि छुट्याएको ६ करोड १६ लाख रुपैयाँ गाडी खरिदका लागि रकमान्तर भएको छ । बजेट रकमान्तर भएपछि संसद सचिवालयले ११ वटा स्कारपियो गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको छ ।

संसद सचिवालयले बिहीबार सार्वजनिक सूचनामार्फत ३० दिने म्याद राखेर गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको हो ।

पाँचवटा गाडी खरिद गरेको महिना दिन पनि बित्न नपाउँदै संसद सचिवालयले फेरि ११ गाडी खरिद गर्न बोलपत्र आह्वान गरेको हो । संसद सचिवालयले सद्दे गाडी ग्यारेजमा थन्क्याई लगातार नयाँ खरिद गर्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस