जेठ १४,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले लिएको विकास र समृद्धिको सङ्कल्पलाई दोष दिएर जनता भड्काउने नहुनेमा जोड दिएका छन ।
आज राजधानीमा आयोजित गन्तव्य नेपाल ग्रुपको १५औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, “जनताले बनाएको संविधान, जनताले ल्याएको परिवर्तन र जनताले लिएको विकास र समृद्धिको सङकल्पलाई दोष दिने र त्यसबाट जनतालाई भड्काउने कुनै ठाउँ छैन, सबै केन्द्रीत भएर समृद्धि र विकास निर्माणमा अगाडि बढौँँ ।”
राजनीतिक क्रान्ति समाप्त भएर आर्थिक क्रान्तिको यूग शुरु भएको बताउँदै दाहालले नेपालको विविधताबारे विश्वभरी जति राम्रो प्रचार गर्न सक्यो त्यती नै गुणत्माकता आउने र त्यसको प्रचुर सम्भावना रहेको उमेत उल्लेख गरे ।
“विकासको निम्ति राजनीतिक नेतृत्वको तहबाट आउँदो १०,२० वर्षमा एउटा क्रान्ति गर्ने सङ्कल्पमा छौंँ, तपाईहरुको सहयोग मिलिरहयो भने हामी बाँच्दाबाँच्दै यो देशमा ठुलो आर्थिक क्रान्ति आउँछ, हामी सबै मिलौँ”, अध्यक्ष दाहाल थपे ।
उनले ज्ञान, विवेक, सभ्यता र संस्कृतिले नेपालको परम्परा गौरवशाली भएकोे बताए । सबैभन्दा अग्लो हिमाल मात्रै नभई संसार कै महान दार्शनिक गौतम बुद्ध, पौराणिक समयमा भारत र श्रीलङ्कासम्म संस्कृति र सभ्यताको सन्देश दिने जानकी, तिब्बत र चीनमा नयाँ संस्कृति र दर्शन फैलाउने भृकुटी नेपाल मै जन्मेको स्मरण गर्दै उनले पुर्खाको त्यागले नेपालको शिर माथि उठेको जिकिर गरे । पछिल्ले दुई सय वर्षको इतिहास हेर्दा विभिन्न खालका राजनीतिक उतारचढाब र दरबारमा हुने हत्या र प्रतिहत्याका भयानक परिघटनाले मात्रै देशलाइ पछि पारेको दाहालको तर्क थियो ।
उनले मूलुकमा आधुनिक राजनीतिक लोकतन्त्रको नयाँ अभ्यासको थालनी भएको उल्लेख गर्दै बलियो सरकार बनेर एउटा राजनीतिक वातावरण निर्माण भएकाले अबको बाटो विकास र समृद्धि नै भएको बताए ।
अध्यक्ष दाहालले नेपालाई प्रकृतिले प्रचुर साधन श्रोत प्रदान गरेको, बहुआयामिक विविधता दिएको र विविधतामा पनि सानदार एकताको संस्कृति रहेकाले यसलाई सदुपयोग गरेर विकासको गति बढाउनुपर्ने आश्यकता औँल्याए ।
हिमालका जडिबुटी, नदीनाला, सुन्दरता, ऐतिहासिक र धार्मिक स्थानहरु संसारभरीका मानिसका निम्ति आकर्षणको केन्द्रविन्दु बन्न सक्ने अध्यक्ष दाहालको धारणा थियो ।
बुद्ध जन्मेको देश हुनुको नाताले पनि संसार भरिका जुनसुकै धर्म सम्प्रदायका मानिसहरुको आकाङ्क्षा एक चोटी लुम्बिनी आइ शान्तिको सन्देश लिएर जाने रहेको उनको भनाई छ ।
जुन हिसाबले सम्पदालाई सदुपयोग गर्नु पर्ने हो विगतमा हुन नसके पनि अहिले आएको ऐतिहासिक अबसरलाई गुम्न दिन नहुनेमा उहाँको जोड थियो । उनले अनन्त विकासको सम्भावना भएको एकमात्रै क्षेत्र भनेको नै पर्यटन व्यवसाय हो भने ।