गणतन्त्र स्मारक उद्घाटन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ जेष्ठ १६, बिहिबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणहिटी दरबार परिसरमा बनाइएको गणतन्त्र स्मारकको बुधबार साँझ उद्घाटन गरेकी छन् ।

गणतन्त्र दिवसका अवसर पारेर स्मारक उद्घाटन गरेपछि राष्ट्रपति भण्डारीले स्मारकको अवलोकन पनि गरेकी थिइन् ।

वि.सं. २०६८ सालमा सरकारले मुलुकमा गणतन्त्र ल्याउन शाहदत गर्नेहरुको सम्झनामा स्मारक निर्माण गर्ने निर्णय गरेको थियो ।

यस्तो छ स्मारक

नवनिर्मित स्मारकमा १२ मिटर उचाइका चारओटा स्तम्भ निर्माण गरिएको छ ।

गणतन्त्र स्मारकका चारओटै स्तम्भले फरक–फरक विम्ब बोकेका छन् । पहिलो स्तम्भले गणतन्त्र स्थापनाका लागि जीवन अर्पण गर्ने सहिदहरुको सम्झना दिलाउनेछ भने दोस्रो खम्बाले बेपत्ता पारिएकाहरुको सम्झना गराउनेछ ।

यस्तै, तेस्रो र चौथो खम्बाले हराएका र अंगभंग भएकाहरुको याद दिलाउनेछ ।

करिब ४५ करोड रुपैयाँको लागतमा बनेको यस स्मारकमा मुनिका दुई तलामध्ये पहिलोमा गणतन्त्र प्राप्तिकाक्रममा खिचिएका तस्वीर राखिएका छन् ।

दोस्रो तलामा नेपालको संविधानसम्बन्धी विभिन्न विषयवस्तु संकलन गरेर राखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस