नेकपा सचिवालय बैठक : जिल्लाको इञ्चार्ज र सह–इञ्चार्जको मापदण्डमा लफडा, जुटेन् सहमती

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ २१, मंगलबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ २१,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन र जिल्ला कमिटीको इञ्चार्ज सह–इञ्चार्ज तोक्ने बारेमा निर्णय लिन सकेन ।

नेताहरुबीच सहमति हुन नसकेपछि निर्णय हुन नसकेको हो । जिल्ला कमिटीको इञ्चार्ज र सह–इञ्चार्ज तोक्नेबारे नेताहरुबीच मापदण्डमा नै सहमति हुन नसक्दा निर्णय हुन नसकेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली, महासचिव विष्णु पौडेल र इश्वर पोखरेल मन्त्री, सांसद रहेकालाई पनि जिल्ला कमिटीको इञ्चार्ज र सह(इञ्चार्ज बनाउनु पर्ने पक्षमा रहेका छन् माधव नेपालसहितका नेताहरु दोहोरो जिम्मेवारी दिन नहुने भनेपछि निर्णय हुन नसकेको एक नेताले बताए । यसैमा सहमति नजुट्दा केन्द्रीय सदस्यहरुको कार्यविभाजन पनि पछि धकेलिएको ती नेताको भनाइ छ ।

मंगलबारको बैठकमा निर्णय हुन नसके पनि बुधबार पुनः बैठक बस्ने छ । बुधबार बस्ने बैठकले जिल्ला कमिटीको इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लगाईने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए । सहमति जुटाउन भन्दै आजै दुई पटकसम्म बैठक बसेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस