नागरिकको आलोचनापछि राष्ट्रपतिको सवारीमा सुधार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ जेष्ठ २७, सोमबार (५ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

जेठ २७, काठमाडौँ । सडकदेखि विमानका यात्रुसम्मले दुःख पाउन थालको भन्दै विरोध भएपछि राष्ट्रपतिको सवारीमा सुधार गर्न थालिएको छ।

सामान्य कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नै कार्यालयमा उद्घाटन गर्न सुरु गरेकी छिन्।

गत २१ जेठमा राष्ट्रपति भण्डारी नेपालगञ्ज गएकी थिइन्। अनौपचारिक भ्रमणमा गएकाले विमानस्थलमा नोटासमेत जारी गरिएन। उनी नियमित उडान मार्फत् गइन् र फर्किइन्।

यसबाट विमानस्थलमा कुनै असर नपरेको विमानस्थल प्रहरी प्रमुख एसएसपी सन्दीप भण्डारीले बताए।

त्रिभुवन विश्वविद्यालयद्वारा आयोजित दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन आइतबार राष्ट्रपति कार्यालयमै गरिएको छ।

सुरक्षाका कारण नभई भिआइपीको सम्मानका लागि अन्य उडान रोकिने गर्दा सर्वसाधारणबाट आलोचना हुने गरेको थियो। यसमा पनि सुधारको प्रयास भइरहेको विमानस्थलका एक कर्मचारीले बताए।

गत फागुनमा सैनिक दिवसका अवसरमा भद्रकाली पुगेकी राष्ट्रपति फर्किंदा लामो समय सडक खाली बनाएर सास्ती दिएको भन्दै सर्वसाधारणले सवारी अबज्ञा गरेका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस