साउन १०, काठमाडौँ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।
शुक्रबार भएको भेटवार्तामा नेपाल भारत सम्बन्धबारे बृहत् छलफल भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । भेटका क्रममा गत इपिजीको प्रतिवेदन बुझाउनेबारे कुराकानी भएको स्रोतको भनाइ छ।
दुवै देशका चार चार जना प्रतिनिधि सम्मेलित प्रबुद्ध समूहले गत वर्ष तयार पारेको इपीजी प्रतिवेदन अझै पनि भारतीय प्रधानमन्त्रीले बुझ्न आनाकानी गरिरहेका छन्। भेटमा प्रतिवेदन बुझाउनेबारे कुराकानी भएको बुझिएको छ।