फेरी एक हुने तयारीमा राप्रपा : जवरा र लोहनीको प्रस्ताव स्विकार्दै कमल थापा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण १४, मंगलबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

सउन १४,काठमाडौँ । समय–समयमा जुट्दै र फुट्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीमा फेरि एकताको प्रयास अगाडि बढेको छ । कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले समान विचारधारा भएका दलहरूबीच एकता गर्ने राप्रपा (संयुक्त) को निर्णयलाई स्वागत गरेको छ ।

यसअघि पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त) ले राखेको एकता गर्ने प्रस्तावलाई अध्यक्ष थापाको पार्टीले स्वागत गर्ने निर्णय गरेको हो ।
राप्रपाको बैठकको निर्णयमा भनिएको छ, ‘‘देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकतालाई महसुस गर्दै अविलम्ब एकता प्रक्रियामा आउन राप्रपा (संयुक्त) र अन्य राष्ट्रवादी दलहरूलाई यो बैठक आह्वान गर्दछ ।’’

राप्रपा (संयुक्त) का अध्यक्ष जबराले ‘‘समान विचार भएका पार्टीसँग एकता गर्ने प्रस्तावलाई अध्यक्ष कमल थापाले स्वागत गरेको जानकारी आएको छ, विस्तृतरूपमा कुराकानी भएको छैन’’ भने ।

उता राप्रपा (संयुक्त) का प्रवक्ता भुवन पाठकले दुवै पार्टीका शीर्ष नेताहरूबीच अनौपचारिकरूपमा कुराकानी भइरहेको र वार्ता सकारात्मकरूपमा अगाडि बढेको बताए ।  यसैबीच, राप्रपाले पार्टीको केन्द्रीय महाधिवेशन २०७७ सालमा गर्ने निर्णय गरेको छ । पार्टीले सरकारसमक्ष बुझाएको २२ बुँदे मागहरू पूरा गराउन सरकारसँग यथासम्भव चाँडो दोस्रो चरणको वार्ता गर्ने निर्णय पनि बैठकले गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस