३७ जिल्लामा रिक्त ५० पदका लागि आउँदो मंसिर १४ मा उपनिर्वाचन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ श्रावण १८, शनिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन १८, काठमाडौँ । ३७ जिल्लामा रिक्त ५० पदका लागि आउँदो मंसिर १४ मा उपनिर्वाचन
सञ्चार संवाददाता २८ मिनेट पहिले

काठमाडौँ – विभिन्न कारणले रिक्त भएका स्थानमा आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुने भएको छ।

मुलुकका विभिन्न ३७ जिल्लामा ५० पदका लागि उपनिर्वाचन गर्ने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता शङकरप्रसाद खरेलले जानकारी दिए । बिहीबारको निर्णय बमोजिम मिति तय गरिएको आयोगले जनाएको छ ।

उपमहानगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिका र गाउँपालिकाका वडाध्यक्ष तथा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मङ्सिर १४ मा उपनिर्वाचन हुने उनले बताए ।

आयोगका अनुसार उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक, गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४१, प्रदेशसभा सदस्य तीन र प्रतिनिधिसभा सदस्य एक गरी कुल ५० पदका लागि उपनिर्वाचन हुनेछ । मिति तोकिएसँगै उपनिर्वाचनको तयारी थालिएको आयोगले शुक्रबार एक विज्ञप्ति जारी गरी जनाएको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ बमोजिम स्थानीय तहको उपनिर्वाचनको मिति निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारबाट र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ बमोजिम प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको उपनिर्वाचनको मिति आयोगले तोक्ने प्रावधान छ ।

यसअघि बुधबार आयोगले प्रधानमन्त्रीसँग उपनिर्वाचनको बारेमा परामर्श लिएको थियो भने बिहीबार राजनीतिक दलहरूसँग छलफल गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस