प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र ४, बुधबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र ४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसंग भारतीयका विदेश मन्त्री शुब्रमन्यम जयशंकरले शिष्टाचार भेट गरेका छन् ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशमन्त्री जयशंकरले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगी शिष्टाचार भेट गरेका हुन् ।

भेटमा दुवैतर्फ स्थानीय सरकार रहेको र राजनीतिले पनि स्थायीत्व प्राप्त गरेकाले दुई देशबीचका नीतिगत स्थायीत्वलाई पनि अगाडि बढाएर लैजानुपर्ने विषयमा अत्यन्तै राम्रो छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार डा राजन भट्टराईले जानकारी दिए ।

भेटमा भारतीय विदेशमन्त्री जयशंकरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएकोसन्देश सुनाउनुको साथै प्रबुद्ध समूहको प्रतिवेदनलाई उपयुक्त समयमा बुझ्ने जानकारी गराएको पनि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार भट्टराईले बताए ।

भारतीय विदेशमन्त्री जयशंकर नेपाल भारत संयुक्त आयोगको पाचौं बैठकमा सहभागी हुन भारतीय पक्षको नेतृत्व गर्दै बुधबार दिउँसो काठमाडौं आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस