भाद्र ५,काठमाडौँ । नेकपा अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा पार्टीको बैठकको अध्यक्षता प्रचण्डले गर्ने सहमति भएको छ । प्रधानमन्त्रीसमेत रहेका ओली उपचारका लागि सिंगापुर जानुअघि बसेको नेकपा सचिवालय बैठकमा यो सहमति भएको हो ।
नेकपामा ओली र प्रचण्ड दुवै अध्यक्ष छन् । तर बैठक बोलाउने अधिकार प्रचण्डलाई थिएन । हरेक बैठकको अध्यक्षता ओलीले नै गर्दै आएका छन् ।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली बिहीबार सिंगापुर जाँदै छन् । उनी कम्तिमा एक साता उतै रहने छन् ।