‘युट्यूबलाई व्यवस्थित गर्नुपर्ने बेला आएको छ’ : सञ्चारमन्त्री बाँस्कोटा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र ६, शुक्रबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले युट्यूबलाई व्यवस्थित गर्नुपर्ने बेला आएको बताएका छन। बिहीबार मन्त्रीपरिषदले गरेका निर्णय सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा उनले युट्यूब च्यानलमा उत्तेजना फैलाउने र अप्रिय घटना निम्त्याउने किसिमका सामग्री प्रसारण भइरहेको तिनलाई व्यवस्थित गर्नेपर्ने बताएका हुन ।

‘के मिडिया हो ? के सामाजिक सञ्जाल हो ? हामीले बहस थालेका छौँ । दुवैलाई एउटै डालोमा हाल्नु हुँदैन, अनुसन्धानलाई प्रभावित तुल्याउने हिसाबले जुनखालको सामग्री युट्यूबमा आइराछ, यसले समाजलाई दिगभ्रमित पारेको छ, विभिन्न घटनालाई बङ्ग्याउने र प्रहरी प्रशासनलाई राम्ररी अनुसन्धान गर्न पनि नदिने यस्तै कुरालाई व्यवस्थित गर्न सूचना प्रविधि ऐन, ल्याइएको जुन संसदीय समितिमा छलफलको क्रममा छ’ उनले भने।

सञ्चारमन्त्री बाँस्कोटाले नेपाली प्रेस आफ्नै सुनिश्चित र सुरक्षित जिम्मेवार, मर्यादित तथा भविष्यका निम्ति सबभन्दा बढी जिम्मेवार बनोस् भन्ने उद्देश्यले आमसञ्चार ऐन र सूचना प्रविधि ऐन फरकरुपमा ल्याएको तर यसलाई सञ्चार जगत्ले नै अपव्याख्या गरिरहेको गुनासो गरे।

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर गएको स्पष्ट पारे। प्रधानमन्त्रीको स्वास्थ्याबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेको सन्दर्भमा मन्त्री बाँस्कोटाले प्रधानमन्त्री नियमित परीक्षण र नयाँ औषधि चलाइएकाले त्यसलाई कसरी मजबुत बनाउने भन्नेबारे सिङ्गापुर जान लागेको उल्लेख गरे ।

उनले प्रधानमन्त्रीले नयाँ औषधि प्रयोग गरिसकेपछिको प्रभाव कस्तो हुन्छ, त्यसका आधारमा थप स्वास्थ्य परीक्षण पनि हुनसक्ने जानकारी दिए। प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर सक्कली र नक्कली बहसहरू चलेको टिप्पणी गर्दै सञ्चारमन्त्रीले अगाडि थपे, ‘प्रधानमन्त्रीको स्वास्थ्यबारे विभिन्न अड्कलबाजी बहस चलिरहेका छन् । सक्कली कुरा १२ वर्ष अगाडि उहाँ (प्रधानमन्त्री ओली) को मिर्गौला प्रत्यारोपण भएको हो । नक्कली कुरा चाहिँ जोतिषलाई हेराएर आएर समाचार लेख्ने, फेसबुक वा ट्वीट गर्ने । डेढअक्कली कुरा स्वास्थ्य लाभको कामना पनि गरियो कि गरिएन भनेर बहस झिक्ने कुरा हो ।’

राजतन्त्र फर्कने हल्लाका सन्दर्भमा सञ्चारकर्मीले सोधेको जिज्ञासामा सञ्चारमन्त्री बाँंस्कोटाले राजतन्त्र मुलुकबाट सदाका लागि अन्त्य भएको र इतिहासमा सावित भइसकेको राजतन्त्रको सपना नदेख्न आग्रह गरे। उनले अब, राजतन्त्रबारे भावी पुस्ताले नेपालको राजनीतिक विकासको प्रक्रियाको अध्ययन गर्दा राजतन्त्रको विषयमा अध्ययन हुनेछ भने ।

‘मरेको राजतन्त्रले फडा उठाउन सक्दैन, म दोहो¥याएर भन्छु, ‘राजाका नाममा राजनीति गर्नेहरू डाइनोसर हुनेछन्”, अरु विकल्प छैन । चिहानमा आराधना गरेर राजतन्त्र फर्कनेवाला छैन, कोरा कल्पनामा नरुमलिऊ लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै एकजुट भएर लागौँ’ सञ्चारमन्त्री बाँस्कोटाले भने।

ताजा अपडेट

खोजी गर्नुहोस