भाद्र ६,विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्तामा बसेकाहरुबाट नै गणतन्त्र र संघियतामाथी खत्तरा बढेको बताएका छन। विराटनगरमा कार्यकर्ता भेटघाटमा व्यस्त नेता कोईरालाले केही दिन अगाडी बालुवाटारमा बसेको सर्बदलीय बैठकलाई लक्षित गर्दै डा. कोइरालाले भने-‘पुर्वराजा र बिप्लव समुहबाट गणतन्त्रमाथी खतरा बढ्यो भनेर निष्कर्ष निकालिएछ,यो भन्दा हॉसो उठ्दो कुरो के हुन्छ ? कसरी खतरा बढ्यो पुर्वराजा र बिप्लव समुहबाट ? खतरा त तपॉइहरुबाट बढेको छ, जो अहिले राज्य सत्तामा हुनुहुन्छ।’
कम्युनिष्ट समर्थित संस्था जनअधिकार अभियान नेपालले बिराटनगरमा आयोजना गरेको ‘बर्तमान राजनीतिक यथास्थिती र मानव अधिकार ‘ बिषयक अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्ने क्रममा डा. शेखरले कम्युनिष्टहरु ब्यवस्था परिबर्तन या संसदिय ब्यवस्थाको बिकल्प खोज्ने तर्फ लाग्ने हो भने त्यो कम्युनिष्टहरुकै लागी दुर्भाग्य हुने चेतावनी समेत दिए।
मन्चमा रहेका कम्युनिष्ट नेताहरुप्रती लक्षित गर्दै कोइरालाले भने-‘संसदिय ब्यवस्था बिरुद्धको लडाईमा लाग्नुहून्छ भने यो ब्यवस्था जोगाउॅन हामी पनी जस्तोसुकै लडाई लड्न पनी तयार छौं।’
बिप्लव समुहलाई वार्ता गरेर राजनैतीक प्रक्रियाबाट मुलधारमा ल्याउॅनुको बिकल्प नभएको बताउॅदै डा. कोइरालाले राज्यले निषेधको बाटो अपनाएर देशमा द्धन्द निम्त्याउॅन खोजेको बताए।
कार्यक्रममा मानव अधिकार आयोगका सदस्य गोबिन्द शर्माले मानव अधिकारको अवस्था अत्यन्तै नाजुक रहेको बताए। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल,नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किंराती,पुर्व सांसद एकराज भण्डारी,पत्रकार एवं बाम बिष्लेषक नरेन्द्रजंग पिटर लगायतले देशमा अब संसदिय ब्यवस्था आवश्यक नरहेको बताए।