राप्रपा संयुक्तको केन्द्रीय समिति बैठक भोलि

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ भाद्र ६, शुक्रबार (५ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

भाद्र ६, काठमाडौं । राप्रपा (संयुक्त) को केन्द्रीय कार्य सम्पादन समिति र केन्द्रीय कार्य समितिको संयुक्त वैठक भाद्र १९ र २० गते काठमाडौंमा बस्ने भएको छ ।

पशुपति समशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्षद्वयको नेतृत्वमा रहेको राप्रपा (संयुक्त) को दुई दिन चल्ने वैठकले जनकपुर–वाल्मीकि आश्रम–लुम्बिनी यात्रालाई दिशा निर्देश गर्ने पार्टी प्रवक्ता सगनु सुन्दर लावतीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्ति अनुसार वैठकले समसामयिक घटनाक्रम मध्यनजर गर्दै पार्टीको भावी नीति, कार्यक्रमबारे छलफल र महत्वपूर्ण निर्णय लिनेछ। आगामी उपनिर्वाचनका विषयमा पनि नीतिगत निर्णय गरिनेछ।

संवर्द्धनवादी उदारवाद, लोककल्याणकारी उदारवाद, सनातन हिन्दु राष्ट्र, सबैलाई स्वीकार्य हुने राजसंस्थाको पक्षमा वकालत गर्दै आएको राप्रपा (संयुक्त) ले संविधानको मूलभूत आधारमा असहमतिका बाबजुद राष्ट्रियता, बहुलवादी प्रजातन्त्र र मानव अधिकारप्रति प्रतिवद्ध रहेको जनाएको छ।

विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा राप्रपा (संयुक्त) को वैठक महत्वपूर्ण रहने अपेक्षा गरिएको छ। वैठक अर्पण पार्टी प्यालेस, थापागाउँ, काठमाडौंमा हुँदैछ।

राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी) को एकीकरणपश्चात यो पहिलो केन्द्रीय कार्य समितिको बैठक हो।

ताजा अपडेट

खोजी गर्नुहोस