‘ओलीजीसँगको भनाभन लोग्नेस्वास्नीको झगडा जस्तै हो’ : वरिष्ठ नेता नेपाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र ६, शुक्रबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भाद्र ६, काठमाडौं ।  नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफू र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच भएको भनाभनको विषयलाई गम्भीर ढंगले नबुझ्न आग्रह गरेका छन्।

सहयोगी नगर सामुदायिक समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई स्म्बोधन गर्दै नेपालले अध्यक्ष ओलीसँगको भनाभनको विषयलाई सामान्यरुपमा लिन कार्यकर्तालाई आग्रह गरेका हुन्।

‘यो हाम्रो भनाभनको विषय लोग्ने स्वास्नीको झगडाजस्तै हो,’उनले भने,‘कोही आत्तिनु पर्दैन। गम्भीर हुनै पर्दैन।’ विषय वस्तुमाथिको बुझाइमा एकरुपता ल्याउन, एजेण्डा स्थापित गर्न पार्टीभित्र वादविवाद भइरहने भन्दै नेपालले यसलाई श्रीमान श्रीमतीको घर झगडाको रुपमा बुझ्न आग्रह गरे।

झगडा भयो भनेर बैवाहिक जीवनप्रति नै निरास हुनुको सट्टा समस्या समाधान गर्दै अघि बढ्नुपर्ने भन्दै उनले राजनीतिमा पनि भागेर नभई समस्यासँग जुध्दै र सामाना गर्दै अघि बढ्नु पर्ने आवश्यकता रहेको बताए।

नेता नेपालले पारिवारिक, राजनीतिक लगायत सबै क्षेत्रमा नेतृत्वले सुन्ने धैर्यता गर्नुपर्ने र सबैको कुरा सुनेर निर्णयमा पुग्नु पर्ने बताए। ‘फूलको आँखामा फूलै संसार, काँडाको आखैमा काडै संसार’ भन्ने गीतको दृष्टान्त पेश गर्दै नेपालले व्यक्तिको सोच, दृष्टिकोण, सामथ्र्य तथा ज्ञानका आधारमा समस्या सामान्य र असामान्य हुने बताए।

ताजा अपडेट

खोजी गर्नुहोस