‘पार्टीको विचारलाई संस्थागत गर्न स्कुल विभागको भूमिका महत्वपुर्ण छ’ : पोखरेल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र ८, आईतबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भाद्र ८,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीको विचारलाई संस्थागत गर्ने काम स्कुल विभागले गर्ने बताएका छन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री समेत रहेका पोखरेलले पार्टीको संस्थागत निर्णयलाई स्कुलिङका रूपमा प्रस्तुत गर्ने बताए। पार्टीको विचारलाई सङ्गठनमा व्यावहारिक रूपमा कसरी लागू गराउने र त्यसमा विभागको भूमिका रहने बताउँदै उनले सङ्गठनलाई सुदृढ बनाउने काम पनि विभागले गर्ने बताए।

स्कुल विभागका नवनियुक्त प्रमुखसमेत रहेका सचिवालय सदस्य पोखरेलले पार्टीको विचारलाई थप व्यवस्थित, सङ्गठनलाई सुदृढ र नेतृत्वलाई व्यवस्थित गर्ने काम विभागले गर्ने बताए । तत्कालीन नेकपा (एमाले) को तत्कालीन स्कुल विभागले शनिबार आयोजना गरेको बुझबुझारथ कार्यक्रममा उनले पार्टीको कार्यदिशालाई विभागले स्पष्ट रूपमा जनतामा लग्ने काम गर्ने बताए।

उनले भने, ‘‘नेकपासँग चुनौती छ तर त्यसलाई सामना गर्ने पार्टीसँग सामथ्र्य पनि छ । ’’ पार्टीको एकता प्रक्रिया टुङ्गो लगाउन लामो समय लागेको छ तर अब केही दिनमा सबै कुरा टुङ्गिने उनले दाबी गरे । ‘‘लगभग एकताका सबै काम पूरा भएको छ, केही कुरा बाँकी छन्, तिनलाई पनि चाँडै पूरा गरिने छ’’, उनले स्पष्ट पारे।

तत्कालीन स्कुल विभागका उपप्रमुख एवं प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विभागका कागजात तथा अन्य सामग्री हस्तान्तरण गर्दै विभागीय प्रमुख पोखरेललाई पदभार ग्रहण पनि गराए । उनले हस्तान्तरण गरिसकेपछि आफ्नो मन्तव्य राख्ने क्रममा स्कुल विभागमाथि ठूलो जिम्मेवारी आएको बताए।
‘‘पहिला वामपन्थी आन्दोलनमा पठन संस्कृति थियो तर अहिले सामाजिक सञ्जालमा अडेको छ’’, मुख्यमन्त्री पोखरेलले भने, ‘‘पढ्ने पढाउने संस्कृतिको विकास स्कुल विभागले गर्नुपर्छ । वामपन्थी विचारका लागि नियमित स्कुलको आवश्यकता भइसकेको छ । ’’ वामपन्थी नेताले मात्र होइन, समाजले पनि वामपन्थीको बारेमा जान्नका लागि त्यहाँसम्म जाने खालको स्कुल निर्माण गर्न उनले सुझाव दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस