सभामुख कृष्णबहादुर महराद्वारा पदबाट राजीनामा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ आश्विन १४, मंगलबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज १४, काठमाडौं । सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । संसद सचिवालयकै महिला कर्मचारीमाथि बलात्कार गरेको आरोप लागेपछि महराले मंगलबार राजीनामा दिएका हुन् ।

आफूमाथि लागेको आरोपबारे निकटष्थसँग परामर्श गरेपछि महरा राजीनामा दिने निर्णयमा पुगेका हुन्।

महरालाई सत्तारुढ दल नेकपाले नै राजीनामा दिन सुझाव दिएको थियो । घटनाबारे नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच मंगलबार बिहान छलफल भएको थियो । दुवैजनाले महरालाई राजीनामा दिन सुझाएका थिए ।

छलफलमा पूर्वसभामुख एवं नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ थिए। नेकपाबाटै सभामुख पदमा निर्वाचित भएका महरालाई पदबाट राजीनामा गराउनु नै उचित हुने निष्कर्षमा ओली र दाहाल पुगेको स्रोतको भनाई छ।

मदिरा सेवन गरेर सभामुख महराले आफूमाथि बलात्कार गरेको ती महिलाको आरोप छ । तर महराले पनि सोमबार राति विज्ञप्ति निकालेर आफूमाथि लागेको आरोप पूर्ण रुपमा कपोलकल्पित र झुट रहेको दाबी गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस