महरा प्रकरण – पीडितले दिइन प्रहरीमा निवेदन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ आश्विन १६, बिहिबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज १६, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले आफूलाई यौन शोषण नभएको भन्दै रोशनी शाहीले प्रहरीमा निवेदन दिएकी छिन् । आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै मिडियामा आएकी शाहीले हाल आएर आफूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गरेकी छिन् ।

उनले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा बुधबार निवेदन दर्ता गराएकी हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले महिलाले निवेदन दर्ता गराएको पुष्टि गरे ।

आफू डिप्रेशनको बिरामी रहेको र औषधि समेत खाँदै आएको भन्दै महराले आफूमाथि कुनै दुर्व्यवहार नगरेको तथा समाचार कसरी बाहिरियो भन्नेबारे समेत थाहा नभएको व्यहोरा निवेदनमा उल्लेख गरेकी छिन् ।

उनले महरामाथि लागेको आरोप झूटो भएको समेत दाबी गरेकी छिन् ।

महराले आफूमाथि बलात्कार गरेको भन्दै ती महिलाको बयानसहित समाचार आएको थियो । तर त्यसको भोलिपल्टै महिलाले फेरि आफूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गर्दै आफ्नै बोलीको खण्डन गरेकी थिइन् ।

संसद सचिवालयमा कार्यरत ती महिलाको सुरुको बयानको आधारमा समाचार बाहिरिएपछि महराले भने नैतिकताको आधारमा राजीनामा दिइसकेका छन् । उनको राजीनामा बुधबार स्वीकृत पनि भइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस