‘म कसैलाइ काखा र पाखा गर्न सक्दिन,वडाको विकासमा मेरो पहिलो ध्यान छ’ :अध्यक्ष सापकोटा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ आश्विन १८, शनिबार (५ साल अघि)
  • ३९ पटक पढिएको
Post Thumbnail

आश्विन १८,काठमाडौँ । काठमाडौँ महानगरपालिका १४ नम्बर वडाकी वडा अध्यक्ष शोभा सापकोटाले वडालाई भष्ट्राचार मुक्त वडाको रुपमा बिकास गर्ने बताएकी छिन।

शुक्रबार वडाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वडाबासीलाइ काम गर्न सजिलो बातावरण तयार गर्ने बताउदै आफू चुनाबका बेलामात्र कुनै पार्टीको भएको तर अहिले सबैको वडा अध्यक्ष भएको बताईन । उनले भनिन्– हो, म कसैलाइ काखा र कसैलाई पाखा गर्न सक्दिन र सबैले आफ्नो अध्यक्षको रुपमा स्वीकार गर्नुहुन्छ।

सापकोटाले आफ्नो कार्यकालमा सहज बाताबरण बनाउदै बिकास निर्माणलाई प्राथमिकतामा राख्ने बताईन। उनले वडाको विषयमा कुनै समस्या परे आफुलाइ भेट्न् र सहयोग लिन अनुरोध गरिन्।
शुभकामना आदानप्रदान कार्यक्रममा वडाका अन्य जनप्रतिनिधि,व्यवसायी तथा वडावासीको उपस्थिती रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस