प्रधानमन्त्री ओली र माधव नेपालबीच ४ घण्टा लामो वान टू वान वार्ता, के भयो छलफल ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक २७, बुधबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

दुई नेताबीच झण्डै तीन महिनापछि मंगलबार पहिलो पटक वान टु वान वार्ता भएको हो । प्रधानमन्त्री ५ भदौमा उपचारका लागि सिंगापुर जानुअघि बसेको नेकपा सचिवालय बैठकमा दुई नेताबीच भनाभन भएको थियो । त्यसक्रममा प्रधानमन्त्री ओलीले नेता नेपालको शुभकामनासमेत नचाहिने टिप्पणी गरेका थिए ।

त्यसयता पार्टीको बैठकहरुमा दुई नेताबीच भेट भएपछि एक्लाएक्लै छलफल गरेका थिएनन् ।

मंगलबारको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली स्वंयमको पहलमा झण्डै चार घन्टा कुराकानी भएको छ । ‘पछिल्लो समय दुई नेताको सम्बन्ध सौहर्दपूर्ण थिएन’, नेकपा स्रोतले भन्यो, ‘मंगलबार मन माझमाझ गर्ने काम भएको छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस