ठगी आरोपमा थुनामा रहेका व्यसायी रुपज्योति थुनामुक्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक २९, शुक्रबार (५ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

कार्तिक २९, काठमाडौं । ठगी आरोपमा आठ दिनदेखि थुनामा रहेका व्यसायी तथा पूर्व अर्थ सहायकमन्त्री रुपज्योति थुनामुक्त भएका छन्।

जिल्ला सरकारी वकिल कार्यलयले रुपज्योतिविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि प्रहरीले रुपज्योतिलाई शुक्रबार थुनामुक्त गरेको हो।

उनी विरुद्ध परेको उजुरीको आधारमा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिललाई फाइल बुझाएपछि सरकारी वकिल कार्यालयले रुपज्योति विरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो।

यसअघि जिल्ला अदालत काठमाडौँले यही विषयमा यो मुद्दा देवानी प्रकृतिको भएको हुँदा फौजदारी अभियोग आकर्षित नहुने निर्णय गरेको थियो।

जिल्ला अदालतको त्यही निर्णयलाई आधार मान्दै प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय मुद्दा नचालउने निष्कर्षमा पुगेको हो।

उनलाई मुद्दा नचाउने निर्णय गरेपछि दरबार मार्ग प्रहरी वृत्तमा थुनामा रहेका रुपज्योति र उनकी छोरी सुरुचीलाई प्रहरीले थुनामुक्त गरेको रुपज्योतिका वकिल अरुण कुमार ज्ञवालीले जानकारी दिए।

सिंगापुरबाट फर्कनेक्रममा गत कार्तिक २१ गते बिहीबार साँझ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले रुपज्योतिलाई पक्राउ गरेको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस