प्रधानमन्त्री ओलीको ग्रान्डी अस्पतालमा आज तेस्रोपटक डायलासिस गरिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक ३०, शनिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कार्तिक ३०, काठमाडौं । । प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रान्डी अस्पतालमा आज (शनिबार) तेस्रोपटक डायलासिस गरिने भएको छ ।

यसअघि मिर्गौलाको दुईपटक डायलासिस गराइसकेका प्रधानमन्त्री ओलीको आज पुनः तेस्रोपटक डायलासिस हुन लागेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

नियमित स्वास्थ्य परीक्षण र डायलासिस गर्नुपर्ने भएकाले शनिबार बिहान ओली अस्पताल जान लागेका हुन् ।

ग्रान्डी अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमशः सुधार आइरहेको चिकित्सकहरूले बताएका छन् ।

डायलासिसको विकल्पमा पुनःमिर्गौला प्रत्यारोपणमा समेत जान सकिने स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीको १२ वर्षअगाडि मिर्गौला प्रत्यारोपण भएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस