रौतहट कारागार स्थानान्तरणका लागि आलमकाे चलखेल, कांग्रेस नेता परिचालन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ मंसिर ३, मंगलबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर ३, काठमाडौं । कर्तव्य ज्यान मुद्धामा नख्खु कारागारमा रहेका पूर्वमन्त्री तथा कांग्रेस सांसद मोहम्मद आफताब आलमले रौतहट कारागार जान चलखेल थालेका छन् । आफूलाई जबर्जस्ती नख्खु कारागार ल्याइएको भन्दै आलमले रौतहट स्थानान्तरणका लागि कांग्रेस नेता रामचन्द्र गिरीलाई परिचालन गरेका छन् ।

गिरीले आइतबार दिउँसो नख्खु कारागार पुगेर आलमसँग भेट गरेका थिए । भेटपछि आलमले कारागार स्थानान्तरणका लागि हिन्दीमा लेखेको मागपत्र कारागार प्रशासनलाई बुझाएका छन् । उक्त मागपत्र कारागार प्रशासनले कारागार व्यवस्थापन विभागमा पठाएको छ ।

स्थानान्तरणका लागि आलमको माग आफ्ना समर्थक भड्काएर मुद्धा प्रभावित बनाउने खेलअनुसार आएको हुनसक्ने सुरक्षा निकायको विश्लेषण छ । मागपत्रमा रौतहटका प्रहरीप्रति टिप्पणी गर्दै आलमले उनीहरुलाई राम्रो नहुने चेतावनी दिएका छन् ।  कान्तिपृुर दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस