८० वर्षसम्म पार्टीमा क्रियाशील रहने देउवाकाे चाहना

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ मंसिर ४, बुधबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

मंसिर ४, काठमाडौं । ०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बन्दा शेरबहादुर देउवा ४९ वर्षका थिए । कांग्रेसमा बीपीपछि युवा अवस्थामै प्रधानमन्त्री बन्ने भाग्यशाली व्यक्ति उनै हुन् । बीपी ०१५ सालमा प्रधानमन्त्री बन्दा ४६ वर्षका थिए ।

देउवा आफैं पनि कर्मभन्दा भाग्यमा विश्वास गर्छन् । ज्योतिषीले ६ पटक प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको उनी बेलाबखत पार्टी नेताहरूलाई सुनाउने गर्छन् । ७४ वर्षीय उनी अहिले पार्टी–सत्ता हाँकिरहेका छन् र दोस्रो कार्यकालका लागि नेतृत्व हात पार्ने ध्याउन्नमा छन् । नेतृत्वमा दोहोरिएर ८० वर्षसम्म पार्टीमा क्रियाशील रहने चाहना उनमा पछिल्लो पटक प्रकट हुँदै आएको छ ।

यतिबेला उनी पार्टीका निकायहरूलाई आफूअनुकूल क्रियाशील बनाउन जुटेका छन् । पार्टीका संरचनालाई पूर्णता दिएर मात्रै महाधिवेशन गर्ने उनको योजना छ । त्यसका लागि केन्द्रीय विभाग, कार्यसम्पादन समिति गठन, म्याद सकिएका भ्रातृ संस्थाहरूमा तदर्थ समिति निर्माण गर्न लागिपरेका छन् ।

यसो गर्दा आफ्नो गुटका नेता–कार्यकर्ताको व्यवस्थापन हुने बुझाइ उनमा छ । व्यवस्थापनकै लागि १७ वटा केन्द्रीय विभाग थप्ने प्रस्तावसमेत ल्याएका छन् । नेता–कार्यकर्ताको व्यवस्थापनपछि अनुकूल परिस्थिति निर्माण हुने र त्यसैको जगमा महाधिवेशनमा जानुपर्ने उनको रणनीति छ । कान्तिपुर दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस