मंसिर ५,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको विकासले वल्र्डकपमा भिड्न गए जस्तै भएको उल्लेख गर्दै भिड्ने क्रममा कहिले काहीँ गोल मिस हुन सक्ने तर जनताको विकास प्रतिको गोलले भने सधै जितिरहने बताएका छन ।
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्र नं. १ (क)को प्रचार प्रसार समितिले चाँगुनारायण नगरपालिकाको वडा नं. ७ आयोजना गरेको घरदैलो कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरको विकास र समृद्धिमा आफ्नो यात्रा कहिँ कसैले रोकेर नरोकिने बताउँदै पदिय लोभ भन्दा पनि जनताको चाहना अनुसारको विकास नै आफ्नो मुख्य कार्यभार भएको बताए ।
काम गरेर नै जनता तथा मुलुकको मन जित्ने उल्लेख गर्दै उनले भक्तपुरमा विकासका चोक चोकको विकास गर्ने उद्घोष गरे । भक्तपुरमा सडक, ढल, खानेपानी, करिडोर, उज्यालो अभियान, सफाईलगायतका असंख्य कामहरु तिव्र गतिका साथ अघि बढेको उनले स्पष्ट पारे ।
अबका दिनमा विकासको लहर क्रमिक रुपमा तीन–चार–पाँच–छ–सात दोवाटोको रुपमा अघि बढाउँदै जाने उद्घोष गर्दै उहाँले भक्तपुरको समृद्धिको लागि सरकारको प्रतिरोध गर्ने नभई विकास गर्ने जनप्रतिनिधि आवश्यक रहेको औल्याए ।
कांग्रेस भ्रष्टाचार, अनियमितता, घुसखोरी, हत्याको संरक्षक, हत्या, विकृति र विसंगतिलगायतका विभिन्न अपराधिक कृयाकलापहरुको संरक्षक भएको उल्लेख गर्दै उनले वर्तमान सरकारले गरेको २१ सयभन्दा बढि काम गरेकोमा कांग्रेसले शुस्म रुपमा मुल्याङ्कन सरकारका २१ वटा गल्ती देखेको जुन सरकारको कमजोरी नभई कांग्रेसले सरकारको कार्यमा आलोचना गर्ने ठाउँ समेत नपाएको उक्त २१ वटा बुँदाहरु उल्लेख गरे ।
कांग्रेसमा रहेको विकृति, विसंगती, भ्रष्टाचारलगायतका कार्यहरुको निमूल पर्न घरदैलो कार्यक्रम आफ्नो नेताबाट शुरु गर्न कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गर्दै तीस वर्ष नेतृत्व गरेको पार्टी नेमकिपा र कांग्रेसले गरेको विकास भन्दा नेकपाले दुई वर्षमा धेरै गरेको उल्लेख गरे ।
भक्तपुरको विकास र समृद्धिको लागि नेकपाका उम्मेदवार डिपी ढकाललाई जिताउनुको कुनै विकल्प नभएको उल्लेख गर्दै उनले भने, ‘नेकपाको उम्मेदवार ठूलो रुख हो, अरुका लहरे पिपल मात्र हुन् । त्यसैले भक्तपुरका जनताको चाहना पुरा गर्ने जनप्रतिनिधको रुपमा नेकपाको अर्को विकल्पन छैन । जनताले सोही अनुसार मतदान गर्नुहुनेछ ।’