प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही सुधार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ मंसिर ११, बुधबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

मंसिर ११, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा केही सुधार देखिएको छ । स्वास्थ्यमा सुधार भएको देखिएपछि सुस्त गतिमा चलेको मुटुको चाल सामान्य बनाउन दिइएको इनो ट्रोप नामक औषधि बन्द गरिएको छ ।

अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री होसमा आएका छन्, तर अत्याधिक कमजोरी र सघन उपचारको आवश्यकता भएकाले उनलाई अझै पनि भेन्टिलेटरमै राखिएको छ ।

स्रोतका अनुसार सुधारको क्रम जारी रहेमा उनलाई केही घण्टामा भेन्टिलेटर सहयोगको आवश्यकता पर्ने छैन।

मंगलबार पेट दुखेपछि अस्पताल गएका ओलीलाई एपेन्डिसाइटिस भएको थाहा लागेको थियो। त्यसपछि एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

उनको स्वास्थ्य अवस्थालाई अस्पतालले स्थिर भनेता पनि पूर्णरुपमा खतरामुक्त घोषणा गरिएको थिएन।

उनलाई बोल्न तथा केही समय कसैसँग भेटघाट गर्न निषेध गरिने पनि डाक्टरहरुले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस