मिडिया बुर्जुवाको हातमा पुग्यो, त्यसबाट जोगिनुपर्छ : प्रचण्ड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष १२, शनिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पौष १२, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिडिया बुर्जुवा शक्तिको हातमा रहेको बताएका छन् । शनिबार बालुवाटारमा प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मिडियामा बुर्जुवा शक्ति हाबी भएको बताएका हुन् ।

मिडियामा बुर्जुवा शक्ति मौलाएकाले यसबाट जोगिनुपर्ने प्रष्ट्याए । समृद्धि नेपाल निर्माण गर्नको लागि पनि जनमत तयार गर्ने काम गर्न पनि सञ्चारकर्मी एकजुट हुनुपर्ने आग्रह गरे । इतिहास र वर्तमानमा क्रान्तिका लागि जनमत निर्माण गर्ने काममा सबै सचेत हुनुपर्ने औँल्याए । देशको परिवर्तन गर्नको लागि सरकारी काममा सञ्चारकर्मीले आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे । विकास निर्माणका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय परिवेशमा जनमत निर्माण गर्नु मुख्य आवश्यकता भएको समेत जनाए ।

सरकारले पार्टी एकताको बेलामा जनतासामु गरेको प्रतिबद्धताअनुरूप काम गरेका उल्लेख गरे । ‘पार्टी एकताको बेलामा जनतासामु हामीले जुन प्रतिबद्धता जाहेर गरेका थियौं । थाहा खबरसँगको साझेदारीमा । सोही अनुसारको विकास निर्माणको काम भएका छन्’ उनले भने, ‘पाँच वर्षभित्रमा जनताले सरकार आएको अनुभूति गर्ने वातावरण बन्छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस