अब घरधनीले भाडामा बस्नेको सम्पूर्ण जानकारी प्रहरीमा बुझाउनुपर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष १५, मंगलबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

पौष १५, काठमाण्डौँ । अब घरभाडामा बस्नेहरुका लागी नयाँ नियम आएको छ । घरभाडामा दिँदा र लिँदा आफ्नो घरमा भाडामा बस्‍ने ब्यक्ति,संस्था, कार्यालयको परिचय खुल्ने कागजातसहितको विस्तृत विवरण एवम् छाडेको विवरण समेत नजिकको प्रहरी इकाईमा अनिवार्य दिनुपर्ने नियम आएको हो ।

गृहमन्त्री रामबहादुर थापा बादलका प्रेस सल्लाहकार किरण भट्टराईका अनुसार काठमाडौं सहितका देशका मुख्य सहरका लागि यस्तो नियम ल्याइएको हो । काठमाडौं उपत्यका लगायत देशका मुख्य सहरी क्षेत्रहरुमा घरभाडामा लिएर विभिन्‍न व्यक्ति र समूहले आपराधिक गतिविधिहरु गर्ने, चोरी, डकैती, लुटपाट, बैंकिङ कसुर जस्ता आर्थिक अपराध गरेको भेटिएकाले यस्तो नियम ल्याईएको गृहमन्त्रालयले जानकारी दिएको छ ।

गृहमा बसेको बैठकपछिको निर्णयमा भनिएको छ, घरभाडामा लिएर साइबर अपराध, यौनजन्य क्रियाकलाप तथा विस्फोटक पदार्थहरुको भण्डारण र प्रयोग गरी विध्‍वंसात्मक एवम् अराजक गतिविधि गर्ने गरेको पाइएकाले यसलाई नियन्त्रण गर्न यस्तो नियम ल्याइएको हो । गृहले यस्ता क्रियाकलापले समग्र शान्ति सुव्यवस्थामा गम्भीर असर पर्ने भएको जनाउँदै काठमाडौं उपत्यका लगायत देशका मुख्य मुख्य शहरी क्षेत्रहरुमा घरभाडामा दिने र लिने व्यक्तिरसंस्थारकार्यालयका लागि नयाँ नियम लागु गर्ने निर्णय लिएको हो । गृहमन्त्री रामबहादुर थापा बादल, गृहसचिव प्रेमकुमार राई र तीनै सुरक्षा निकायका प्रमुखसहितको बैठकले यस्तो नियम लागू गर्ने निर्णय गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस