कांग्रेसको पदाधिकारी बैठक भोलि, राष्ट्रिय सभाका उमेदवार टुंग्याउने विषयमा छलफल हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष १५, मंगलबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

पौष १५, काठमाण्डौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक बुधबार बस्ने भएको छ । पुष २० गते राष्ट्रिय सभाका उमेदवारको उमेदवारी दर्ता गर्नुपर्ने भएकोले उमेदवारको टुंगो लगाउने विषयमा छलफल गर्न कांग्रेसले बुधबार बेलुका ५ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

यसअघि लामो समयदेखि पार्टीमा असन्तुष्टि बढेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गर्दै आएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस