कांग्रेस नेतृ सुजाता कोइरालाको भविष्यवाणी : “आन्तरिक विवाद नमिले आगामी चुनावमा कांग्रेस जिरो”

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष १८, शुक्रबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पौष १८, काठमाण्डौँ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाले काँग्रेस पार्टीको नाम मेटाउने खेलमा लागेको बताएकी छिन् । आन्तरिक विवाद नमिले आउने चुनावमा कांग्रेस जिरो हुने समेत भविष्यवाणी गरेकी छिन् ।

प्रेस युनियनले आज रुपन्देहीको बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सुजाताले फेरि पार्टी सभापति बन्ने लोभमा देउवाले पार्टी समाप्त गर्न खोजेको बताएकी हुन् । पार्टीमा गुट र किचलो भए आगामी दिनमा भोट हाल्ने समयमा हात काँप्ने बताईन् । पार्टीको विवाद तत्काल अन्त्य गर्नुपर्ने र कांग्रेस बलियो बनाउनुपर्ने कोइरालाको धारणा छ । कांग्रेस महाधिवेशनमा सबैको साझा उम्मेदवार बन्नुपर्ने र पार्टीलाई बलियो बनाउनेलाई जिताउनुपर्ने उनले बताएकी छिन् ।

फोटो : फाईल

ताजा अपडेट

खोजी गर्नुहोस