पौष २१, धनकुटा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेसलाई एकआपसमा जुधाएको आरोप लगाएका छन् । काङ्ग्रेस घरभित्रको झगडामा फसेको भन्दै यो झगडालाई चाँडो अन्त्य गर्नुपर्नेमा उनको जोड थियो । जीपी फाउण्डेसनले धनकुटाको चौबिसे गाउँपालिकाको मौनाबुधुकमा आयोजना गरेको कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।
नेपाली काङ्ग्रेसको इतिहासमा सहमतिकै आधारमा महाधिवेशन घोषणा गर्ने स्थिति रहेको स्मरण गराउँदै कोइरालाले वर्तमान समयमा पनि सहमतिबाटै समस्याको समाधान गर्नुपर्नेमा जोड दिए । त्यस्तै नेपाली काङ्ग्रेसका नेता तथा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले बहुुमतको दम्भमा पार्टी अगाडि बढे त्यसको परिणाम भयावह हुने बताएका छन् ।