राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउनेमा प्रचण्ड र नेपाल सहमत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष २४, बिहिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पौष २४, काठमाण्डौँ । राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउनेमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल सहमत भएका छन् । सो विषयमा सहमत भएपछि प्रधानमन्त्रीका आकांक्षी नेता वामदेव गौतमका लागि राष्ट्रिय सभामा जान बाटो खुल्ने देखिएको छ ।

वामदेव गौतमले राष्ट्रिय सभा सदस्यले प्रधानमन्त्री बन्न पाउने नभएसम्म राष्ट्रिय सभामा नजाने अडान लिएपछि यो विषयमा नेकपाभित्र छलफल जारी छ । संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्यले पनि प्रधानमन्त्री बन्न पाउने बनाउने विषयमा नेकपाभित्र बहस भइरहेको छ । बुधबार भैँसेपाटीस्थित गौतमकै निवासमा भएको छलफलमा यस विषयले सकारात्मक गति लिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस