हात मिलाउने तर कुरा नमिलाउने ओली र प्रचण्ड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष २५, शुक्रबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पौष २५, काठमाण्डौँ । नयाँ सभामुख चयनका विषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षा केपी शर्मा ओलीले पूर्ववत् अडान नछाडेपछि नेकपाका अन्य शीर्ष नेताहरूको उनीविरुद्धको मोर्चाबन्दी सतहमा आएको छ ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा ओलीको अडानविरुद्धको छलफल र परामर्श तीव्र भएका छन् । समय घर्किंदै जाँदा सभामुखको विषयलाई नेकपाका अध्यक्षहरूले नै प्रतिष्ठाको विषय बनाउन थालेपछि यसले समग्र राजनीतिमा असर पार्ने देखिएको छ ।

त्यसको पछिल्लो संस्करण हो – नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतमको निवास भैंसेपाटीमा बुधवार साँझ भएको छलफल । कान्तिपुर दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस