पेट्रोलियम पदार्थको कर वृद्धिबारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देश

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन १९, सोमबार (५ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

फाल्गुण १९, काठमाडौँ । पेट्रोलियम पदार्थमा कर वृद्धिको विषयमा सदनलाई जानकारी गराउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई निर्देश गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समाजवादी पार्टीका सांसद सरिता गिरीले सभामुखसँग समय मागेर बोल्दै मन्त्रिपरिषद्ले हालै गरेको पेट्रोलियम पदार्थमा कर वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरिन् ।

सांसद गिरीले करको दायरा परिमार्जन गर्ने अधिकार संसारभर नै सार्वभौम संसद्लाई मात्र भए पनि नेपालमा भने मन्त्रिपरिषद्मार्फत करको दायरामा वृद्धि गर्दा जनता मारमा परेको भन्दै सभामुखमार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराएकी थिइन् । उनले भनिन्, ‘सरकार र आयल निगमले आ–आफ्नो तरिकाले कर लगाउँदा जनता मारमा परेका छन् । संसद्लाई सरकारले छलेको छ । करको दायरा बढाउने अधिकार सार्वभौम संसद्लाई हुने संसारमा अभ्यास भएपनि सरकारले कर बढाएको छ ।’ सांसद गिरीले यस विषयमा आइतबारको बैठकमा समेत विषय उठाएको जानकारी दिँदै सभामुखमार्फत सरकारलाई निर्देश गर्न आग्रह गरेकी थिइन् ।

बैठक शुरु हुनेबित्तिकै समाजवादी पार्टीका सांसदले उभिएर विरोध जनाएपछि सभामुख सापकोटाले सांसद गिरीलाई बोल्न समय प्रदान गरेका थिए । सांसद गिरीले भनिन्, ‘सरकारको कर प्रणालीका कारण जनतालाई सास्ती भएको छ, जनतालाई ८५ प्रतिशत करको भार परेको छ, यो संसारमा कहीँ पनि छैन, दोहोरो कर प्रणालीको अन्त्य गर्नुपर्छ ।’ रासस

ताजा अपडेट

खोजी गर्नुहोस