फाल्गुण २५, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्त बीच पार्टी एकता गर्ने सहमति भएको छ । पार्टी एकता गर्ने सहमति शनिबार राति जुटेको राप्रपाका नेता मोहन श्रेष्ठले बताए । पार्टी एकता गर्ने सैद्धान्तिक सहमति जुटेपछि १० बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । पार्टी एकीकरण २८ फागुनमा घोषणा हुनेछ ।
एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० नै हुनेछ । कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी तीनै जना पार्टीको अध्यक्ष रहनेछन् ।
एकीकृत पार्टीको झण्डा अहिले राप्रपाकै कायम हुनेछ भने निर्वाचन चिन्हबारे भने छलफल गर्ने सहमति भएको छ । पार्टी कार्यक्रम भने पूर्ण धार्मिक स्वतन्त्रता सहित सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र हुनेछ । साझा संस्थाको रुपमा राजसंस्था स्वीकार्ने पनि सहमति भएको छ ।