चुनावमा भोट माग्दा बोलेका कुरा अब पुरा हुँदै छन् : सांसद बस्नेत

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन २५, आईतबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फाल्गुण २५, भक्तपुर । सूर्यविनायक नगरपालिका १ सिरुटार र ४ दधिकोटको चित्रपुर जोड्ने सिमानामा रहेको चरखण्डी खोलामा निर्माण हुने पुलको शिलन्यास गरिएको छ । स्थानीय विकास वूर्वाधार आयोजनाको भ्याट बाहेक कूल रु ७० लाख ४७ हजारको लागतमा निर्माण हुन लागेको पुलको आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री एवं संघीय सांसद महेश बस्नेतले शिलन्यास गरेका हुन् ।

शिलन्यास कार्यक्रममा बोल्दै उनले विकासमा पिछडिएको र दुर्गम मानिने सूर्यविनायक नगरपालिका क्षेत्रमा अहिले विकासमा क्रान्ति आएको बताए । सांसद बस्नेतले चुनावमा भोट माग्दा आमजनताले सडक, ढल र खानेपानीको माग गरेको बताउँदै आफ्नो कार्यकालमा जनताको यो मागलाई पुरा गर्ने गरि विकासमा क्रान्ति ल्याएको बताए ।

“यो वर्ष मात्रै साना १० वटा र ठूला ६ वटा पुल बनिरहेका छन्, भक्तपुर जिल्लामा हाम्रो पहलमा गतवर्षदेखि अहिलेसम्म २९ वटा पुल निर्माणको काम अगाडि बढाएका छौ”—नेकपाका केन्द्रीय सदस्य एवं युवा संघका केन्द्रीय इन्चार्ज समेत रहेका सांसद बस्नेतले भने “विहान उठेदेखि राती नसुतेसम्म जनताको विकासको काम लिएर हिडिरहेको छु, जनताले खाजेको विकास बाहेक मेरो अरु कुनै स्वार्थ छैन ।”

सूर्यविनायकको मूल सडकको रुपमा ललितपुरको बालकुमारीबाट बालकोट, चित्रपुर हुँदै रानीकोट जाने सडक निर्माणमा रु ४० करोड, पात्लेटारमा रु २ करोड ५० लाख, कटुञ्जे सिरुटार हुँदै लुभु जाने सडकमा पुल समेत गर्दा रु। ७ करोडको लागतसँगै सूर्यविनायक गुण्डु, थिमि बालकोट, जगाती सिपाडोल लगायत सडकहरुको निर्माण कार्य भईरहेको र सडक डिभिजन कार्यालय मार्फत मात्रै ३५ करोडका विभिन्न सडकहरु निर्माण अगाडि बढेको उनले बताए । राम्रो कामको जनताले मूल्याङ्कन गर्ने भएकाले केही जन्मदै बिरोधी मानसिकता लिएर आएकाहरुको विरोधको बेवास्ता गर्दै जनताको सुझावलाई लिएर अगाडि बढ्नु पर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस