फाल्गुण २६, काठमाण्डौ । गत बुधबार मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबारसम्म डिस्चार्ज हुने तयारी रहेको बताईएको छ । मिर्गौला प्रत्यारोपणपछी हाल प्रधानमन्त्री ओली महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । प्रधानमन्त्रीको स्वास्थ्यमा सकारात्मक सुधार भईरहेको हुनाले आगामी बिहीबार वा शुक्रबारसम्म डिस्चार्ज गर्न सकिने अस्पतालका कार्यकारी निर्देशक डा। प्रेम कृष्ण खड्गाले बताए ।
उनले भने ‘प्रधानमन्त्रीज्यूको यही क्रममा स्वास्थ्यमा सुधार आए केही दिनपछि डिस्चार्ज गर्न सकिन्छ । करिब १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीका उक्त मृर्गौलाले काम गर्न छाडेपछी गत बुधबार दोस्रो पटक फेरि मिर्गौला प्रत्यारोपण गरिएको थियो । अहिले प्रधानमन्त्रीको शरिरमा चारवटा मिर्गौला रहेका छन् । प्रधानमन्त्री ओलीलाई नातामा भाञ्जी पर्ने समीक्षा संग्रौलाले आफ्नो एउटा मृर्गौला दिएका थिए । प्रधानमन्त्री डिस्चार्ज भएर बालुवाटार फर्केपछि पनि उनलाई दुई तीन महिना नै आरामको जरुरत पर्ने चिकित्सक बताउँछन् ।