फाल्गुण २७, काठमाण्डौ । एक साता अघि दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको उनकी निजी चिकित्क प्रा.डा. दिव्या सिंह शाहले जानकारी दिएकी छन् । मिर्गौला प्रत्यारोपण भएको सातौं दिन मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै निजी चिकित्सक शाहले उपचारमा संलग्न चिकित्सक, अस्पताल र सबै सहयोगीलाई धन्यवाद दिँदै प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको बताएकी हुन् ।
प्रधानमन्त्री ओलीको फागुन २१ गते महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो । ‘प्रत्यारोपणको आज सातौं दिनसम्म सम्माननीय प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको छ’, डा. सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।