विन्दा घिमिरेले सामाजिक सञ्जालबाट घुस मागेकी हुन् त ? यसो भन्छिन् विन्दा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २९, बिहिबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

फाल्गुण २९, काठमाण्डौ । बुधबारदेखि सामाजिक सञ्जालमा एउटा स्क्रिनसटको चर्चा छ । फेसबुक म्यासेन्जरमा गरिएको उक्त कुराकानीमा नेपाल नर्सिङ काउन्सिलकी सदस्य जिता बरालको फोटो देखिन्छ । कुराकानीमा बरालले परिषदको परीक्षामा पास गराइदिन्छु भनेर एक जना नर्ससँग तीन लाख रूपैयाँ मागेको देखिन्छ । फागुन २४ गते भएको काउन्सिलले नर्सिङको लाइसेन्स परीक्षा लिएको थियो ।
त्यो तीन लाख रुपैयाँमध्ये आधा पैसा काउन्सिलकी रजिष्ट्रार विन्दाले खाने हो भन्ने पनि उक्त स्क्रिन सटमा लेखिएको छ । काउन्सिलकी रजिष्ट्रार विन्दा घिमिरे मन्त्री भट्टराईकी पत्नी हुन् ।

आफ्नी पत्नीले घुस मागेको भन्दै केही अनलाइन पोर्टलमा समाचार आएको छ । तर उनले घुस मागेको बारे आफूलाई केही थाहा नभएको बताइन् । अहिले सामाजिक सञ्जालमा आफ्ना पतिको नाम पनि मुछेर लाञ्छना लगाउने क्रम बढेको भन्दै उनले आफूले मानहानीको मुद्दा हाल्ने बताइन् । भदौ २४ गतेको परीक्षामा पास भएकी एक जना नर्ससँग एउटा दलालले पैसा मागेको आफूले थाहा पाएर अनुसन्धान थालेपछि आफ्नै फेसबुक आइडी नक्कली बनाएर अहिलेको म्यासेन्जर कुराकानी सार्वजनिक भएको उनले दाबी गरिन् ।

सामाजिक सञ्जालमा आएको कुराकानी यहि हो

पर्यटनमन्त्री योगेश भट्टराई सामाजिक सञ्जालमा यसो लेख्नछन् :

बिन्दा पर्यटनमन्त्री योगेश भट्टराईकी श्रीमती हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस