‘हाम्रो नेपाल सुशासन अभियान’ मा लागे रमेश खरेल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २९, बिहिबार (५ साल अघि)
  • ४४ पटक पढिएको
Post Thumbnail

फाल्गुण २९, काठमाण्डौ । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले ‘हाम्रो नेपाल सुशासन अभियान’ सुरु गरेका छन् । बिहीबार औपचारिक रुपमै खरेलले अभियानको सुरुवात गरेका हुन् । राजधानीमा अयोजित उद्घाटन समारोहमा बोल्दै खरेलले देशमा भ्रष्टाचार, विकृति र विसंगति बढेको भन्दै बाध्य भएर अभियान सञ्चालन गर्नु परेको बताएका छन् ।

अभियानले भ्रष्टाचारमुक्त राष्ट्र निर्माणसहित विभिन्न ८ वटा लक्ष्य निर्धारण गरेको छ । कार्यक्रममा लक्ष्य प्राप्तिका लागि विभिन्न आधा दर्जन कार्यक्रम सार्वजनिक भएका छन् । यसअघि राजनीतिक दल घोषणाको तयारी भएको बताइए पनि खरेलको नेतृत्वको अभियानले राजनीतिक मुद्दा समावेश गरेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस