प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ चैत्र १, शनिबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

चैत्र १, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । दोस्रो पटकको मिर्गौला प्रत्यारोपणपछि शुक्रबार साँझ ओली निवास फर्किएका हुन् । अस्पतालबाट निवास फर्किएलगत्तै ओलीले पितासँग आशीर्वाद लिएका छन् । प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीलाई उनका ९० वर्षीय पिताले स्वागत गरेका थिए । त्यसपछि उनले निवास प्रवेश गरेलगत्तै पिताबाट आशीर्वाद लिएका हुन् । अस्पताल भर्नाका लागि प्रस्थान गर्नुअगाडि पनि प्रधानमन्त्री ओलीले पिताबाट आशीर्वाद लिएका थिए ।

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न उनी यही फागुन १९ गते अस्पतालमा भर्ना भएका थिए। प्रधानमन्त्री ओलीको फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्रीको चिकित्सकको निगरानीमा स्वास्थ्योपचार गरिएको थियो । प्रधानमन्त्रीको स्वास्थ्यावस्था सामान्य रहेको चिकित्सकहरूले जनाएका छन् । २०६४ मा पहिलोपटक प्रधानमन्त्री ओलीले दिल्लीको एपोलो अस्पतालमा प्रत्यारोपण गरेका थिए । यसपटक भने उनले शिक्षण अस्पतालमै पुनर्प्रत्यारोपण गराएका हुन् । प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दान दिएकी थिइन् । उनको बुधबार नै डिस्चार्ज भइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस